भारतले नेपाली भूभाग डुवानमा पर्नेगरी सडक बनायो


बुटवल । सीमा क्षेत्रमा भारतले नेपाली भूभाग डुवानमा पर्नेगरी सडक बनाएको भन्दै विरोध भएको छ ।



प्रदेश सभा सदस्य डा। कृष्ण न्यौपानेले रुपन्देहीको रोहीणी गाउँपालिका वडा नं ५ र ६ का इमिलीहवा, बुची, बोधवार र बिष्णुपुरा गाउँ डुवानमा पार्ने गरी भारतले राजमार्ग निर्माण गर्न लागेको भन्दै विरोध गरेका हु्न्।

न्यौपानेले शनिबार जारी गरेको प्रेश विज्ञप्तिमा भारतले अन्तर्राष्ट्रिय सन्धी सम्झौता र मापदण्ड बिपरीत नदीनालाको प्राकृतिक बहावमा असर पर्नेगरी दशगजा क्षेत्रमा ४ लेनको सडक निर्माण सुरु गरेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।




उनले यो विषयलाई संघीय सरकारले गम्भीरतापूर्वक लिइ तत्काल कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतले यसरी सडक निर्माण गर्दा सीमा क्षेत्रमा रहेको नेपाली भूमि बर्षातको समयमा डुवानमा पर्ने र थुप्रै नेपालीहरुको उठीबास लाग्न सक्ने उनको भनाइ छ ।



सम्बन्धित
Loading...