डाेल्पामा भेरीमा बगेर तीन बालबालिकाकाे मृत्य
डाेल्पा २० जेठ । डाेल्पामा ठुलीभेरी नदीमा बगेर तीन बालबालिकाकाे मृत्यु भएकाे छ ।
ठुलीभेरी नगरपालिका वडा ९ माेतिपुर स्थित भेरी नदीमा पशुबस्तु चराउन गएकाे बेला गाई भेरी नदी तरेर पारी जान खाेजेपछि फर्काउने क्रममा तीनै जना बालबालिकालाई भेरीले बगाएको थियाे ।
माेतिपुरकै १२ बर्षिया यसाेधा भन्डारी र १० बर्षिया विजय कठायतलाई घटनास्थलदेखि अन्दाजी दुई किलाेमिटर टाढा बगाउँदै गरेकाे अवस्थामा भेरी नदीबाट उद्वार गरि उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्याइएकाे थियाे ।
उनीहरु दुबैजनालाइ विमानस्थल सुरक्षा गार्ड जुफालबाट भित्तिमा खटिएकाे ड्युटी टाेलीले भेरीमा मान्छे बगेकाे देखेपछि स्थानीय सहित भएर उद्वार गरेकाे थियाे ।
उनिहरुलाई अचेत अवस्थामा अस्पताल पुर्याएकाे केही समयपछि अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
अर्की अन्दाजी ११ बर्षीया गंगा कठायतलाई घटनास्थल देखि अन्दाजी पाँच किमि टाढा बगाउँदै गरेकाे अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकाेट बगरबाट मृत अवस्थामा प्रहरी चाैकी त्रिपुराकाेटले उद्वार गरेकाे थियाे ।