नेपालमा कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च


कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी नौ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।



कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरुबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उहाँले बतउनुभयो ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।



सम्बन्धित
Loading...