थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो
शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या नेपालमा २९१२ पुगेको छ ।
शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
