अधिकारीलाई चप्पलले कुटिरहेको बिजेपी नेतृको भिडियो भाइरल
https://www.youtube.com/watch?v=kxmNigRNC5Y
हरियाणा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ, यसमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेको देख्न सकिन्छ । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् ।
उनले हरियाणा विधानसभा चुनावमा आदमपुर सीटबाट कांग्रेस कुलदीप विश्नोईविरुद्ध चुनाव लडेकी थिइन् । यद्यपि, चुनावी मैदानमा उनी विश्नोईसँग पराजित भएकी थिइन् । पिटाई खाने व्यक्ति हिसार मार्केट कमिटीका सचिव हुन् ।
सोनाली खाद्यान्न बजार किसानका केही समस्या लिएर उनलाई भेट्न गएकी थिइन् ।
भिडियोमा देखिएअनुसार उनको ती अधिकारीसँग बहस भयो त्यसपछि उनी अधिकारीलाई चप्पलले कुट्न थाल्छिन् ।
अधिकारीले आफूले अह्राएजति सबै काम गरिरहेको भनेर नेतृलाई जानकारी दिएको पनि सुन्न सकिन्छ ।