थप जनामा ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको ३२०० संख्या नाघ्यो


BBC –



नेपालमा विगत २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।




योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ।

तीमध्ये ३६५जना निको भएका र थप दुईसहित १३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,१११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

कोरोनाभाइरस ब्यानर

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर विधिबाट गरिएको परीक्षणको कुल सङ्ख्या ९२,४७७ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि१,६८,०३१भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

coronavirus test

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

जेठ २४ गते शनिवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ३,२३५कुल सङ्क्रमण
  • ७०प्रभावित जिल्ला
  • पीसीआर विधिबाट कुल परीक्षण ९२,४७७
  • चिकित्सकीय निगरानीमा अलग्गै२,८५७
  • देशभरि क्वारन्टीनमा१,६८,०३१
  • अहिलेसम्म निको३६५

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक र त्यसपछि क्रमश: प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा धेरै सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।



सम्बन्धित
Loading...