चार वर्षिय बालकको अपहरणपछि हत्या गरिएको आशंका


सप्तरी, राजविराज । सप्तरीको महादेवा गाउँपालिका २ अकबरपुरका ४ बर्षिया बालक सुजित यादवको अपहरण पश्चात हत्या गरिएको परिवारजनले दावी गरेका छन् । विहिबार दिउँसो घर भन्दा २ सय मिटर टाढा रहेको पोखरीमा तैरीरहेको अवस्थामा मृत फेला परेका बालकको अपहरण पछि हत्या गरेको दावी गर्दै बुवा सुर्य नारायण र आमा रंजनाले घटनाको निश्पक्ष छानविन गर्न माग गरेका हुन ।



बुधबार साझदेखि हराई रहेका बालक यादव विहिबार दिउसो पोखरीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी लिन पुगेका संचारकर्मीसंग कुरा गर्दै बालकका बुवा सुर्य नारायणले पुरानो रिसिईबीकै कारण गाउँकै एक पक्षले अपहरण गरि छोराको हत्या गरेको दावी गरे ।

‘गत बैशाख २ गते गाउँकै एकपक्ष सँग हाम्रो परिवारको झै झगडा भएको थियो’ उनले भने, ‘सोही रिसिईबीले यस्तो घटना घटाईएको हो ।’ आमा रंजनाले बुधबार राती ८ बजे तिर नजिकैको आफन्तकहाँबाट टिभी हेरेर फर्किदै गरेका छोरा बिच बाटोबाटै बेपत्ता भएको र भोलीपल्ट विहिबार दिउसो पोखरीमा तैरीरहेको मृत शरिर फेला परेको सुनाईन ।




उनले पनि पुरानो विवादकै कारण गाउँका एकपक्षले छोराको अपहरण गरी हत्या पश्चात डुबेर मरेको देखाउन पोखरीमा फालेको दावी गरिन । डिएसपी तिलक भारतीले पोखरीमा मृत फेला परेका बालक सुधिरको शव शुक्रबार धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गराई शव आफन्तको जिम्मा लगाईएको बताए ।

उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आउन एकदुई दिन समय लाग्छ अहिले नै हत्या हो वा डुबेर मृत्यु भएको हो सो बारे यकिन भन्न सक्ने अवास्था छैन ।’ उनले पोष्टमार्टम रिपोर्ट पर्खन सम्बन्धित पक्षलाई आग्रह गर्दै भने, तत्काल गर्नुपर्ने काम र अन्यपाटोको सुक्ष्म अनुसन्धान भईरहेको छ ।



सम्बन्धित
Loading...