ट्रम्पसँग बाइडेन भिड्ने निश्चित


एजेन्सी- अमेरिकाको राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जो बाइडेन भिड्ने निश्चित भएको छ ।



आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको हो । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्ने छ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्ने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राति भएको हो ।



सम्बन्धित
Loading...