रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा


तिलोत्तमा, २६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।



स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।




आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् । बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भएपनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न थालिएको छ ।

यहाँ सोमबारसम्म आरडीटी पोजेटिभ देखिएपनि पीसीआरको नतिजा आइनसकेका समेत गरी १४ जनालाई राखिएको आइसोलेशन इञ्चार्ज केशव भट्टराईले बताए । बीस बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनको भनाइ छ ।



सम्बन्धित
Loading...