देवचुलीमा १ सय ७ जना क्वारेन्टिनमा, क्वारेन्टिन व्यवस्था राम्रो रहेको प्रतिक्रिया


एलिना केसी –



देवचुली नगरपालिकामा (आज) सोमबार सम्मको विवरण अनुसार १ सय ७ जना क्वारेन्टिनमा राखिएको छ । कोरोना भाइरस संक्रमणका कारण रोजगारीका लागि भारतबाट आएकाहरुलाई देवचुलीका विभिन्न विद्यालयमा १४ दिन सम्म क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । हाल देवचुली नगरपालिकामा ११ वटा विद्यालयमा क्वारेन्टिनको व्यवस्था गरिएको छ ।
देवचुली नगरपालिकामा रहेको भिमसेन आदर्श नमुना माध्यमिक विद्यालय, नेपाल नमुना माध्यमिक विद्यालय, जन ज्योती नमूना माध्यमिक विद्यालय, जन ज्योती माध्यमिक विद्यालय, बरचुली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, सुर्य किरण आधरभूत विद्यालय, दिव्य ज्योती आधारभुत विद्यालय, देवचुली माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालयमा गरि १ सय ७ जना क्वारेन्टिनमा रहेको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिईएको छ ।
भारतबाट सुनौली आएर बिच बाटोमा अलपत्र परेकालाई ल्याउने काम जारी रहेको देवचुली नगरपालिकाका प्रवक्ता क्यापटेन डिल बहादुर खत्रीले जानकारी दिनुभयो । उनीहरुलाई सुनौलीबाट उद्धार गरि १४ दिन क्वारेन्टिनमा राखिने व्यवस्था मिलाईएको बताउनुभयो ।
देवचुली नगरपालिका जनज्योती नमुना माध्यमिक विद्यालयको क्वारेन्टिमा रहेका एक २४ बर्षीय पुरुषले क्वारेन्टिन व्यवस्था राम्रो रहेको जानकारी दिनुभएको छ । आफु सँगै अन्य साथीहरु क्वारेन्टिनमा बसेको १३ दिन भएको र अहिले सम्म नगरपालिकाले खान, बस्न, स्वास्थ्य समस्या पर्दा राम्रो व्यवस्थापन गरेको बताउनुभएको छ ।
यस्तै अर्का क्वारेन्टिनमा बसेकाले व्यवस्था राम्रो हुदैन कि भन्ने लागेको थियो तर सोचे भन्दा राम्रो रहेको र अहिले सम्म आफुहरुलाई कुनै समस्या नआएको बताउनुभएको छ ।
यस्तै देवचुली नगरपालिका वडा नं १२ का पहिलो संक्रमितको आज चौथो पटकको रिपोर्ट पोजेटिभ आएको छ ।

 



सम्बन्धित
Loading...