कावासोतीमा ३ र गैडाकोटमा २ जना थपिए कोरोना संक्रमित


रामकुमार श्रेष्ठ –



संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भईरहेको छ ।पूर्वी नवलपरासीमा सोमबार भेटिएका पाँच जना नयाँ कोरोना संक्रमित मध्ये ३ जना कावासोती नगरपालिकाको र २ जना गैडाकोट नगरपालिकाका रहेका छन् ।
कावासोतीका ३ जना मध्ये एक जना महिला हुन् भने दुई जना पुरुष हुन् । त्यस्तै गैडाकोटका दुवै जना पुरुष हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कावासोती १ का २१ र ४० बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो भने कावासोती ६ का ६३ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
त्यस्तै गैडाकोटमा पहिलो पटक दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
गैडाकोट ७ का ३९ र गैडाकोट ८ का ३३ बर्षीय पुरुषमा कोरोना भाइरस भेएिको हो ।

संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भईरहेको छ ।




नवलपुरमा आज पाँच जनामा कोरोना संक्रमण देखियाे, नवलपुरमा संक्रमितकाे संख्या २२



सम्बन्धित
Loading...