कावासोतीमा संक्रमणको खतरा बढ्यो

भारतबाट आएकालाई कोरोना परीक्षण नगरी घर पठाउँदै कावासोती नगरपालिका




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर परीक्षण नगरी धमाधम घर पठाउन थालेको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा सोमबार मात्रै ३० जनालाई पिसिआर परीक्षण नगरी घर पठाइएको हो । उनीलाई क्वारेन्टाइनमा बसेको १५ दिन नाघे पछि आरडिटी परीक्षण गरेर पठाइएको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।
भारतबाट आएकालाई आरडिटी परीक्षण गरिएको भरमा मात्रै घर पठाइएपछि गाउँमा त्रास छाएको छ ।
कावासोती १३ का वडा अध्यक्ष विनोद राना मगरले विज्ञप्ति नै जारी गरेर आरडिटी परीक्षण गरेर घर पठाइएको जनाएका छन् ।
आरडिटी परीक्षण विश्वासनीय नभईरहेको भन्दै त्यसको विश्वसनीयता माथि प्रश्न उठिरहेको बेला यसरी आरडिटी परीक्षणको भरमा घर पठाउन खतरा भएको स्वयम् जनप्रतिनिधिहरुले समेत स्वीकार गरेका छन् ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले आफूले वैठकमा पटक पटक पिसिआर गरेर मात्र घर पठाउन भनिए पनि नगरपालिकाले आरडिटी परीक्षणकै भरमा घर पठाउन थालिएको बताए ।
कावासोती नगरपालिका स्वास्थ्य प्रमुख कृष्ण नागिलाले सरकारको गाइड लाइन अनुसार नै आफूले काम गरेको बताए ।
उनले भने – नगरपालिकामा पटक पटक पिसिआर पिरीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएम खरिदका लागि अनुरोध गरे तर, भिटिएम पनि नआउने स्वाब संकलन गरेर पठाएको रिपोर्ट पनि बेलैमा नआउने भएपछि आरडिटी परीक्षण गरिएको बताए ।
कावासोतीमा अहिलेसम्म पाँच जनामा कारोना संक्रमण पुष्टि भएको छ भने १ सय ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।



सम्बन्धित
Loading...