कावासोतीको क्वारेन्टाइनमै रक्सी, संक्रमितलाई रक्सी बेच्ने र रक्सी ल्याइदिने सबै क्वारेन्टाइनमा
कावासोती, २७ जेठ । पूर्वी नवलपरासीको कावासोती १ सोमबार संक्रमित पुष्टि भएका एक जना २१ बर्षीय पुरुषले क्वारेन्टाइनमा रहँदा क्वारेन्टाइमै रहँदा मदिरा मगाएर खाएको खुलासा भएको छ ।
उक्त युवकले आफूसँग रहेको भारतीय पैसा आफ्नो साथीलाई दिएर रक्सी मगाए र खाएका थिए । कावासोती १ का वडा अध्यक्ष नारायण पन्तका अनुसार रक्सी ल्याइदिने र रक्सी बेच्नै सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमितसँग रहेको पैसा लिएर होटेलका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमितसँग रहेको पैसा समातेर मदिरा लिन जाने र संक्रमितसँगको पैसा लिन पसलका परिवार सबैलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष पन्तले बताए ।
