नवलपुरमा संक्रमितको संख्या ३५ पुग्यो, गण्डकी प्रदेशमा १४५


नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा बुधबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नवलपुरमा संक्रमितको संख्या ३५ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४५ पुगेको छ ।
गत २२ गते स्वाब संकलन गरेर पठाइएको १७ जनाको पिसिआर रिपोर्ट ७ दिन पछि आज आएको हो ।
बाँकी १६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् ।
त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखराबाट उपचारका लागि काठमाडौं पठाइएका ३९ जना सबैको कोरोना संक्रमण रिपोर्ट सबै नेगेटिभ आएको जनाएको छ ।





सम्बन्धित
Loading...