नवलपुरमा संक्रमितको संख्या ३७, नवलपुरमा थप ३ जनामा कोरोना भाइरस पुष्टि


रामकुमार श्रेष्ठ –
नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
गैडाकोट नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका १ जना गरी ३ जनामा बुधबार संक्रमण पुष्टि भएको हो ।
नवलपुरमा बुधबार भेटिएको ३ जना सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैडकोट नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन कक्षमा उपचारका लागि लगिदै छ ।
चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा गैडाकोट १३ का २३ बर्षीय एक जना पुरुष र गैडाकोट १४ का २६ बर्षीय एक जना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका ४ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् ।
त्यस्तै गैडाकोटमा संक्रमितका संख्या ४ पुगेको छ ।

 



सम्बन्धित
Loading...