लकडाउन खुकुलो बनाउने निर्णय आजकै मन्त्रिपरिषद् बैठकले गर्छ: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रिपषिद् बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन् । उनले कोरोना परीक्षण गर्न निजी क्षेत्रका अस्पताललाई दिने विषयको निर्णय पनि मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिए ।



‘लकडाउनकै सरलीकरण गर्ने विषय अथवा जनतालाई सजिलो बनाउने विषयमा, निजी क्षेत्रलाई टेस्टहरु गर्न दिइयोस् भन्ने विषय, विद्यार्थीहरुले, युवाहरुले झेल्नुपरेका समस्यालाई कसरी समाधान गर्छौ र शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिएला भन्ने विषयमा यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ’ प्रधानमन्त्रीले संसदमा बुधबार विनियोजित विधेयक २०७७ माथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा भने ।

उनले थुप्रै कुराहरुलाई समयक्रमअनुसार सहजीकरण गर्ने भन्दै कतिपय पार्टी या विज्ञहरुले दिएको सुझावका आधारमा सरकार अघि बढ्ने बताए । ‘खाली उपचार, क्वारेन्टिन, आइसोलेसन, भेन्टिलेटरको मात्र कुरा नभई समाजिक क्षेत्रका विभिन्न पक्षलाई सहज बनाउन सकिने विषयमा ठोस निर्णय गर्नेछ’ प्रधानमन्त्रीको भनाइ छ ।




प्रधानमन्त्री ओलीले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्चको चिन्ता नगर्न सांसदहरुलाई आग्रह पनि गरेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमित र अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ठूलो नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी भएको र उपचारको राम्रो प्रबन्ध भएकाले नेपालमा धेरैको मृत्यु नहुने जनाएका हुन्।

उनले थप मानिसको मृत्यु नहोस् भन्ने कुरामा सरकारले ध्यान दिएको भन्दै सोही अनुसार प्रबन्ध अगाडि बढाइएको बताए।

 

 



सम्बन्धित
Loading...