कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् ।



सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताए ।




प्रधानमन्त्री ओलीले कूटनीतिक वार्ताका माध्यमबाट गुमेको नेपालको भूमि फिर्ता ल्याउने विषयमा विश्वास व्यक्त गरेका छन् ।हाल भारतीय पक्षले सेना राखेर कब्जा जमाएको भूभाग फिर्ता ल्याउन खोजिएको उनले बताए ।

ओलीले नेपाल हेपिन तयार नरहेको यथार्थ बुझ्न भारतलाई आग्रह गरेका छन् ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालप्रति दिएको आपत्तिजनक अभिव्यक्तिबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपाल राष्ट्रियताको सवालमा हेपिन तयार नरहेको बुझ्न आग्रह गरेका हुन् ।

प्रधामन्त्री ओलीले भने, ‘यदि योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोजेका हुन् भने त्यो नेपाललाई मान्य छैन, उनले मुख्यमन्त्रीका हैसियतले आपत्तिजनक अभिव्यक्ति दिएका छन् भने त्यो निन्दनीय कुरा हो ।’

 



सम्बन्धित
Loading...