नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो, ६७४ जना निको


जेठ २८ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।



बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ३६४ पुगेको उनले जानकारी दिए ।




कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६७४ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई महिलासहित ९० जना ‘डिस्चार्ज’ भएका उनले बताए ।



सम्बन्धित
Loading...