पूर्वको नेपाल प्रवेशद्वारामा राखियो नेपालको नयाँ नक्सा


पुजन घिमिरे –



२९ जेठ झापा । नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्सा विहीवार नेपाल प्रवेशको पुर्वीद्वार काकडभिट्टमा राखिएको छ । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनले बिहिबार नयाँ नक्सा राखेको हो ।


१ नम्वर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चौडाईको होडिङ्गबोर्डमा बनाईएको नयाँ नेपालको नक्शाको विधिवत उद्घाटन गर्नुभएको थियो । नयाँ नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ । नयाँ नक्शा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बुढाथोकीले भारतलेमात्र नभई अन्य छिमेकी नेपाली भूमि अतिक्रमण गरे आम देशवासीलाई सह्य नहुने भन्दै त्यसका विरूद्ध जस्तो सुकै आन्दलोन गर्न तयार हुने चेतावनी दिनुभयो ।
उहाले बुडाथोकीले राजनीतिक आस्था र विचारका आधार फरक मत भएपनि राष्ट्रियताका सवालमा सम्पुर्ण देशवासी एक ठाउँमा उभिने बताउनुभयो । देशको सीमा रक्षाका लागि हरेक नेपाली रातदिन सक्रिय रहने भन्दै वर्तमान ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको जग्गा समेत समेटेर नयाँ नेपालको नक्शा सार्वजनिक गरेकोमा सरकारको प्रशंसा गर्नुभयो । सरकारले गरेको औपचारीक सार्वजनिक पछी झापाको मेचीनगर काँकडभिट्टमा जनस्तरबाट पहिलो पटक नेपालको नयाँ नक्सा सार्वजनिक स्थलमा बताइएको छ ।



सम्बन्धित
Loading...