मारवाडी युवा मंच परासीले वितरण गर्यो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि




मारवाडी युवा मंच परासीले आज रामग्राम नगरपालीका र पत्रकार महासंघ पश्चिम नवलपरासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधि प्रदान गरेको छ । आज रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ता र पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मालाई औषधि प्रदान गरिएको हो । कोरोना भाईरस कोभिड १९ को संक्रमण बढिरहेको समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी भएकाले समाजिक उत्तरदायित्व बहन गर्र्दे नगरपालीका र पत्रकारहरुलाई आषधि उपलब्ध गराईएको मंचका उपाध्यक्ष धिरज कुमार अग्रवालले जानकारी दिनुभयो । औषधि ग्रहण गर्दे रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ताले कोरोना महामारी विरुद्ध लड्न एक अर्काको सहयोगि बन्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघका अध्यक्ष हरि शर्माले पत्रकारहरु अग्रपत्तिमा खटेर समाचार संकलन गरिरहेकाले यस्तो अवस्थामा समाजिक संघ संस्थाले दिएको साथ प्रति आभार व्यक्त गर्नुभया ।

मंचका अध्यक्ष लक्ष्मण सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा मंचका सल्लाहाकार अनिल कुमार अग्रवाल, अमर चन्द्र अग्रवाल लगाएतको उपस्थिति रहेको थियो । जर्मनीका चिकित्सक डाक्टर सामुयल हानेमाले पत्ता लगाएको यो उपचार पद्धतीमा आन्तरिक रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय गराई रोगिको उपचार गरिन्छ, सोहि उपचारमा यो औषधि उपयोगि हुने मंचका सचिव अवध किशोर अग्रवालले जानकारी दिनुभयो । कोरोना प्रकोप बढिरहेका समयमा रोग प्रतिरोधात्मक क्षमता बढे अन्य रोग बाट पनि बच्न सकिने भएकाले यस्को वितरण गरिएको मंचका उपाध्यक्ष धिरज कुमार अग्रवालले बताउनुभयो । उहाँले रामग्राम नगर क्षेत्रका सबै घर घरमा यो औषधि पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिनुभएको छ ।




यो औषधि तिन दिन बिहान खाली पेटमा दुई गोली र त्यसपछि २ गोली प्रत्येक हप्ता एकपटक आवश्यकता अनुसार खान सकिन्छ । तर यो औषधि कोभिड १९ को औषधि भएको भन्ने गलत प्रचार भएको भन्दै मंचले त्यस्तो नभएको र यस्ले सो रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता मात्रै बढाउने स्पष्ट पारेको छ । यो औषधि सबै उमेर समुहले खान सक्ने र साईड ईफेक्ट नगर्ने पनि मंचको दाबी छ ।



सम्बन्धित
Loading...