नवलपुरमा आज थप १ जनामा कोरोना देखियो
१ असार, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बौदिकाली गाउँपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालामा २४ जनाको स्वाव परीक्षणका गरिएको २३ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको हो । संक्रमण देखिनेमा बौदिकाली ४ का २० बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।
उनलाई अहिले स्थानिय क्वारेन्टाइनबाट देवचुली १६ रजहरस्थित प्राकृतिक चिकित्सालय (कोरोना बिशेष अस्थायी) अस्पतालमा लैजाने तयारी भइरहेको छ । योसँगै नवलपरासी पुर्वमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ