कपिलवस्तुको भगवानपुरमा हुने माघी मिलन साँस्कृतिक महोत्सवको तयारी तीव्र




राम अवतार चौधरी
कपिलवस्तुर१९ पुस ।




पछिल्लो समय थारु समुदायमा माघ नजिकिँदै गर्दा माघीको रोनक बढेको छ । थारु समुदायले माघी पर्वलाई नयाँ बर्षको रूपमा मनाउँदै आएको पाईन्छ ।

त्यही माघी पर्वलाई पूर्व मान्यताका साथै निरन्तरता दिँदै दुसरा माघी मिलन साँस्कृतिक महोत्सवलाई भव्य र सभ्य सफल बनाउन थारु समुदायमा लोप हुँदै गएका साँस्कृतिक पहिचान जोगाउने अभिप्रायले तयारी तिब्र गतिमा रहेको महोत्सव संयोजक रमेश थारुले बताए ।

कपिलवस्तु जिल्लाको शिवराज न।पा।९, शिवगढी भगवानपुर गाउँ समाज समितिको आयोजनामा आदिम कालदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायको कला, संस्कृति, खानपान तथा भेषभुषा लोप हुन् लागेको अवस्थामा हाम्रो समाजलाई जागृत गराउने उद्देश्यले हुना लागेको महोत्सव यहि पुस २९ गतेदेखि ३ दिन सम्म सञ्चालन रहने महोत्सवका सचिव दुस्खराम थारुले बताएका छन् ।

यसैगरी तीन दिन लाग्ने महोत्सवमा कपिलवस्तुमा रहेको थारु समुदायको संस्कृतिको पहिचान हुने गरि झाँकी प्रदर्शनी तथा झुम्रा, झर्रा, सजनी, विरहनी, सोङ९नाटक० र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहने संस्कृति संयोजक शिवराज थारुले बताएका छन् ।

उक्त महोत्सवले थारु भाषाको विकास तथा संरक्षण गर्ने, मौलिक भेषभुषा कला र संस्कृतिको प्रचारप्रसार, थारु खानाको परिकार, हस्ताकला सामाग्रीको प्रदर्शन, परम्परागत सीपहरूको बृद्घि विकास प्रवर्द्घन तथा बजारिकरणमा सुधार र थारु जातिको उत्थानमा महत्त्वपूर्ण योगदान तथा प्रर्बद्घन गर्ने उद्देश्य सहित माघी मिलन साँस्कृतिक महोेत्सवको आयोजना गरिएको आयोजक कमिटीले बताएको छ ।



सम्बन्धित
Loading...