नवलपरासीको सीमा क्षेत्रमा अवैध सामग्री बरामद
नवलपरासी, १ असार । पश्चिम नवलपरासीमा प्रहरीले २ लाख ८४ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याइएका कपडा, हार्डवयरका सामग्री सोमबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
लामाका अनुसार दुई लाख चौरासी हजार ८४ रुपैयाँ बराबरको कपडा र हार्डवयरका सामग्री बरामद भएको हो ।
सिमा प्रहरी चौकी महेशपुरको गस्ती टोलीले सरावल गाउँपालिका वडा नं. ७ बाट १ लाख पचास हजार ८ सय रुपैयाँ बराबरको कुर्ता सरवाल र पाल्हीनन्दन गाउँपालिका २ गोपालपुरबाट १ लाख ३३ हजार २ सय ८४ रुपैयाँ बराबरको हार्डवयरका सामग्री बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कारवाहीको लागि सोमबार नै भन्सार कार्यालय चलान गरेको जनाइएको छ ।
