वडाध्यक्षको पहलमा कावासोती नगरपालिकालाई पिसिआर हस्तान्तरण
कावासोती, ३ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिकालाई कावासोती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा बुधबार पिपिआई र भिटिएम हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष श्रेष्ठले ३ थान पिपिआई र ७५ थान भिटिएम हस्तान्तरण गरेको हो ।
क्वारेन्टाइनमा रहेकोहरुको पिपिआर परीक्षणका लागि नगरपालिकाले भिटिएम अभाव भएको कारण देखाउँदै पिपिआर नै परीक्षण नगरी घर पठाउन थाले पछि स्वाब संकलन गर्ने किट भिटिएम हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।
उनले नगरपालिकाका प्रमुख चन्द्रा पुनलाई भिटिएम र पिपिआई हस्तान्तरण गरेका हुन् ।
