नवलपुरमा आजै थपिए १३ जना नयाँ संक्रमित
कावासोती । पूर्वी नवलपरासीमा विहीबार फेरि १३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नवलपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा ९ र विनयी त्रिवेणी गाउँपालिकामा ४ जना थपिएका हुन् ।
उनीहरुसबै पुरुष हुन् । यो सहित विहीबार मात्रै नवलपुरमा ३१ ज्ना संक्रमित भेटिएका छन् ।
हुप्सेकोट गाउँपालिकाको २९, २०, ३९, १९, ३०, ३३, ४०, २९, २९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
विनयी त्रिवेणीको २३, २६, ३१ र ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि पठाउने तयारी भएको छ ।