हुप्सेकाेटका नयाँ संक्रमित ९ जना सबै भारतबाट आएका
पार्वती पाण्डे
पूर्वी नवलपरासीकाे हुप्सेकाेटमा विहीबार भेटिएका ९ जना नयाँ संक्रमित सबै भारतबाट अाएकाे पुष्टि भएकाे छ ।
संक्रमितहरू भारतकाे हिमाञ्चल र मुम्बईबाट रहेकाे र उनीहरू सबै यस अघि नै क्वारेन्टाईनमा बसेकाे हुप्सेकाेटकाे प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकाेटाले बताए ।विहीबार भेटिएका नयाँ संक्रमित हुप्सेकाेट २ का २९ बर्षीय २ जना पुरूष र हुप्सेकाेट ६ का १९, २०, २९, ३०, ३३, ३९ र ४० बर्षका ७ जना रहेका छन् ।
याे सहित हुप्सेकाेटमा संक्रमितकाे संख्या ३२ पुगेकाे छ । विहीबार भेटिएका संक्रमितलाई उपचारकाे लागि रजहरकाे प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भैरहेकाे छ ।