माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु


धनगढी : कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।



जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १२ मा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय २५ बर्षीय युवक गगन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।




मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालाई ल्याईएको उनले बताए।



सम्बन्धित
Loading...