अध्यक्ष दाहाल ‘अपमानित’


७ असार । चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ ।



सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सँग शुक्रबार गरेको भर्चुअल अन्तरक्रियामा पार्टीभित्र समन्वय अभाव देखियो। भर्चुअल अन्तक्र्रियाको समन्वय नेकपा विदेश विभागले गर्नुपर्थ्याे तर विदेश विभागलाई पन्छाएर स्कुल विभागले अन्तक्र्रिया गर्याे ।

सिसिपी विदेश विभाग प्रमुखले नेतृत्व गरेको सो कार्यक्रममा नेपालबाट दाहालले नेतृत्व गर्दा मर्यादाक्रम नमिलेपछि अपमानित हुनुपरेको हो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।



सम्बन्धित
Loading...