चितवनमा थप ५ जनामा कोरोना संक्रमण
चितवनमा आज विहानै थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर–१९ कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हि ।
थप कोरोना संक्रमित माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् ।
थप कोरोना संक्रमित माडी नगरपालिका वडा नं २, ५, ६ र ८ का ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु र भरतपुर महानगरपालिका वडा नं।२८ का २९ वर्षीय पुरुष रहेको प्रयोगशाला स्रोतले जनाएको छ ।
यससँगै चितवनमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।