नवलपुरमा ७ जनाले कोरोनालाई जिते
नवलपुर । पूर्वी नवलपरासीमा ७ जनाले सोमबार कोरोनालाई जितेर घर फर्किएका छन् ।
रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत मध्ये ७ जना सोमबार निको भएर घर फर्किएका हुन् ।
उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको सोमबार कोभिड १९ अस्थायी अस्पताल रजहरले विज्ञप्ति जारी गरेर जनाएको छ ।
निको भएर घर फर्किनेहरुमा गैडाकोट ७ का ३३ बर्षीय पुरुष, कावासोती १ का २१ र ४० बर्षीय दुई जना पुरुष रहेका छन् ।
त्यसैगरी देवचुली ६ का २३ बर्षीय पुरुष, बौदीकाली ४ का २२ र ३० बर्षीय २ जना पुरुष र विनयी त्रिवेणी ४ का ३३ बर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी रजहरमा उपचाररत अन्यको अवस्था पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

