नवलपरासीमा करेन्ट लागेर दुई जनाकाे मृत्यु
प्रेमचन्द राैनियार –
नवलपरासी । पूर्वी नवलपरासीकाे विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खाेलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा जिल्ला स्याङ्जा सेखम वस्ने वर्ष ३५ का टिपर चालक भरत थापा र नवलपरासीकाे विनयी त्रिबेणी ५ ध्रुवकाेट ( देवराली ) वस्ने सहचालक वर्ष १७ का आशिष विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी प्रहरी नायब उपरीक्षक एंवम सूचना अधिकारी माेहन बहादुर खाणले दिएकाे जानकारी अनुसार आज बिहान सवा नाै वजे विनयी त्रिवेणी ३ स्थित खाेरन्डे खाेलामा लु २ ख ४७४४ नम्बरकाे टिपर धुने क्रममा टिपरकाे पछाणि भाग विधुत पाेलकाे तारमा छुने जादा टिपरका चालक र सहचालककाे घटनास्थलमा नै मृत्यु भएकाे हाे।
दुर्घटना परी मृत्यु भएकाकाे मुचल्का उठाइ पाेष्ट मार्टमका लागि पठाउने प्रहरीले जनाएकाे छ ।