आइफोनमा थपियो नयाँ फिचर, कारको चाबी बोक्नु नपर्ने


CUPERTINO, CALIFORNIA – JUNE 22, 2020: Apple’s Emily Schubert speaks during the keynote address at the 2020 Apple Worldwide Developers Conference (WWDC) at Apple Park in Cupertino, California. WWDC, in its 31st year and held virtually for the first time, runs through June 26. (Photo by Brooks Kraft/Apple Inc.)


फोन निर्माता कम्पनी एप्पलले आइफोनमार्फत गाडीको चाबी विस्थापन गर्ने योजना सार्वजनिक छ।

सोमबार अमेरिकामा आयोजित डेभलपरहरूको विश्व सम्मेलनमा कम्पनीले आइफोनको नयाँ फिचर थप्न लागिएको जनाएको हो।  आफ्नै ब्रान्डको सवारी साधन उत्पादन गर्ने एप्पलको महत्वाकांक्षी योजना सफल नभइरहेका बेला गाडीको चाबी विस्थापित गर्ने योजना कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै छ।



यद्यपि‚ कम्पनीले जनाएअनुसार ९७ प्रतिशत नयाँ कारहरूमा एप्पलको कारप्ले फिचर जडान गरिएको छ। तिनै कारहरूमा प्रयोग हुनेगरी चाबी विस्थापनको योजना बनाएको हो। एप्पलको सफ्टवेयर इन्जिनियरिङ विभागका वरिष्ठ उपप्रमुख क्रेग फेडेरिगीका अनुसार सन् २०२१ भित्रमा बिएमडब्ल्यूको पाँचौं सिरिजका सबै कारहरूमा यो सुविधा थप्ने लक्ष्य राखिएको छ। त्यपछि क्रमशः अन्य कारमा पनि यो फिचर थपिनेछ। कार्यक्रममा कम्पनीकी वरिष्ठ म्यानेजर इमिली सनबर्टले फोनको मद्दतले कारको ढोका खोल्ने र स्टार्ट गर्ने तरिका अभ्यास गरेर देखाइन्। उनका अनुसार बिएमडब्ल्यू प्रयोगकर्ताले कारको भर्चुअल की फोनबाटै साथीहरूलाई पनि पठाउन सक्नेछन्।

हुन्डाई‚ होन्डा‚ भोक्सवागन‚ बिएमडब्ल्यूलगायतका कार उत्पादक कम्पनीहरूको कन्सोर्टियमले कारको भर्चुअल चाबीमा एकरुपता ल्याउनेबारे छलफल गरिरहेका बेला एप्पलले ल्याएको नयाँ फिचर सहयोगी हुने अपेक्षा गरिएको छ। यसअघि भोल्भोसहितका केही फोनहरूले यो फिचर उपलब्ध गराए पनि व्यापक प्रयोगमा आएको थिएन।



सम्बन्धित
Loading...