भरतपुर अस्पतालबाट २२ संक्रमित डिस्चार्ज


भरतपुर अस्पतालले मंगलबार २२ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। कोरोना पुष्टि भई विभिन्न मितिमा अस्पताल भर्ना भएका उनीहरुलाई आवश्यक प्रकृया पूरा गरेर घर पठाइएको भरतपुर अस्पतालले जनाएको छ।



भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिकाबाट ६ जना, कालिका नगरपालिकाबाट १ जना, भरतपुर महानगरपालिकाबाट ११ जना, कपिलवस्तुबाट १ जना, नवलपरासीबाट १ जना र नवलपुरबाट २ जना गरी जम्मा २२ जनालाई डिस्चार्ज गरिएको हो।

उनीहरुलाई १४ दिनको क्वारेनटाइनमा बस्ने गरी सम्बन्धित निकायका स्थानीय सरकार प्रमुख, जनप्रतिनिधि, स्वास्थ्य संयोजक तथा आफन्तहरुको जिम्मा लगाइएको छ।



सम्बन्धित
Loading...