को बन्ला नयाँ आइजीपी ? ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाँदै


प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अनिवार्य अवकासको मिति नजिकिदै छ । उनि असार २५ गते अनिवार्य अवकाशमा जाँदै छन् । आइजीपी ज्ञवालीपछि नयाँ आइजीपी को बन्ला भन्ने चर्चा सुरु भएको छ । सरकारले पनि नयाँ आईजीपीको खोजी सुरु गरेको छ ।

असार २५ गते नेपाल प्रहरीले नयाँ आईजीपी पाउनेछ । यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित छ ।

यसअघि एआईजी नभएको अवस्थामा डीआईजीबाटै आईजीपी बन्दै आएका थिए । अहिलेका आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त भएका हुन् । नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्सालको पनि चर्चा छ। तर उनी वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले एकै मितिमा अवकाश पाउनेछन् । यस्तोमा थापा र पाल मात्रै आईजीपीका दाबेदार हुन् ।



सम्बन्धित
Loading...