नवलपरासीमा झरही खोलामा डुबेर एक किशोरको मृत्यु
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा झरही खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार पाल्हीनन्दनको कुश्मा स्थीत भरही खोलामा गुड्डु भनिने १६ वर्षिय मोहम्मद हासिम मन्सुरीको मृत्यु भएको हो ।
बुधबार साझ सवा पाँच बजेतिर खोलामा डुबेका मन्सुरीको स्थानिय र प्रहरीले खोजी गर्ने क्रममा आधा घण्टा पछि फेला पारेका थिए । मृतक किशोरको शव पोष्टमार्टमका लागी बुधबारनै पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याईएको थियो ।