कावासोतीमा फेरि थपियो १४ जना नयाँ संक्रमित, संक्रमितको संख्या ३० पुग्यो
कावासोती, ११ असार । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार कोरोना भाइरसबाट संक्रमित १४ जना फेला परेको छ ।
कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाको २ महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
कावासोती नगरपालिकाकी ३७ र २५ बर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८र १८ बर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
