कावासोतीमा थपिएका नयाँ संक्रमित १४ जना कहाँ कहाँका हुन् ?
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
कावासोतीमा अहिलेसम्म ४ जना महिला र २६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । ति मध्ये ४ जना उपचार पछि निको भएर डिस्चार्ज भएको कावासोती नगरपालिकाका स्वास्थ्य प्रमुख कृष्ण नागिलाले बताए ।
शुक्रबार पुष्टि भएको १४ जना नयाँ संक्रमितमा कावासोती १६ को १ महिला सहित ४ जना, कावासोती १ का ४ जना पुरुष, कावासोती ३ को १ महिला सहित ३ जना, कावासोती ८ को १ जना, कावासोती १५ को २ जना रहेका छन् ।
कावासोतीमा अहिले १ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेको मध्ये ६६ जनाको रिपोर्ट आए पछि अब क्वारेन्टाइनमा रहेको मध्ये ३८ जनाको मात्र स्वाब संकलन गर्न बाँकी रहेको कृष्ण नागिलाले बताए ।