सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार १६० रहेको छ ।
आज चाँदीको मूल्य भने ५ रुपियाँले बढेको छ । आज चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।