कावासोतीमा राजावादी शक्तिले एमसीसीको विपक्षमा नारा लगाए (भिडियो सहित)




कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा शनिबार राजावादी शक्तिले एमसीसीको विपक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिदंै त्यसको विरुद्धमा नाराबाजी गरेका थिए ।
शाही युवा शक्ति नवलपुरले आयोजना गरेको एमसीसीको विरोध र खबरदारी जुलुसमा राजतन्त्रको पक्षमा समेत नाराबाजी गरेका थिए ।
कावासोतीको फलफूल चोकबाट सभापति चोक हुँदै पुन फलफूल चोकमा पुगेको र्याली पछि कोण सभा समेत गरिएको थियो ।

https://www.youtube.com/watch?v=1N-TUyJytCo



सम्बन्धित
Loading...