कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको भरतपुर अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज बिहान मृत्यु भएको बताए । ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।