एमसीसीका समर्थकहरु अमेरिकाका नोकर हुन् – with vedio


चितवन । चितवनमा आइतबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । एमसीसी विरुद्धको अभियान चितवनको आयोजनामा भएको विरोध जुलुस चितवनको चौबीस कोठीबाट शुरु भई नारायणघाटको लायन्स चोक पुगि कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा राष्ट्रिय पुनर्जागरण अभियान, नेपालका केन्द्रिय सदस्य नारायण दवाडीले एमसीसीका समर्थकहरु नेपाली नागरिक भेषमा लुकाईएका अमेरिकाका सशस्त्र खम्बाहरु भएको आरोप लगाए । उनले उनीहरुलाई अमेरिकाको युद्ध किल्ला निर्माण गर्न भर्ति गरिएका कामदारको संज्ञा समेत दिए ।
दवाडीले एमसीसीको बाहानामा अमेरिकाले नेपालमा अमेरिकी सेना ल्याउने योजना बनाएको बताए ।
उनले एमसीसी सम्झौतामा अमेरिकाले पहिचान गरेको जल, जमिन र जंगल क्षेत्र अमेरीकी कानूनका मातहतमा हस्तान्तरण गर्नु पर्ने प्रावधान रहेको बताए ।



https://www.youtube.com/watch?v=m8-k8jfEbZk

 



सम्बन्धित
Loading...