सरकारले भन्यो : कोरोनाबाट जाेगिन ‘एसएमएस’ गर्नुहोस्
कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रूपमा संक्रमितको संख्या बढ्दो छ ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरूको चहलपहल बाक्लिन थाल्याे । त्यससँगै भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान सरकारले ल्याएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि तय भएको लकडाउन मोडालिटीलाई आगामी ७ साउनसम्म निरन्तरता दिने निर्णय गर्दै एसएसमएस अभियानमा कडाइ गर्ने भनेको छ ।
एकजना मन्त्रीका अनुसार भाइरसबाट जोगिन सर्वसाधारणका लागि ‘सोसल डिस्टेन्स, मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको छ । यसलाई सरकारले एसएमएस गराउने अभियान भनेको छ ।
लकडाउनको मोडालिटी परिवर्तन भएसँगै यतिबेला सवारीसाधन जोर बिजोरमा चलेका छन् भने पसल व्यवसाय, उद्योग खुलेका छन् ।
सार्वजनिक सवारी नचले पनि निजीसवारीका कारण मानिसको भीडभाड बढ्दै जान थालेपछि भाइरस संक्रमणबाट बच्न एसएमएस सूत्रलाई अनिवार्य पालना गर्न अभियान चलाउने सरकारले निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।
सरकारले काठमाडौं उपत्यका भित्रिनेका लागि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा राख्ने, सतर्क रहनेजस्ता नियम बनाएको उनको भनाइ छ ।