नेकपाको केन्द्रको विवादप्रति नेकपा पश्चिम नवलपरासीको चिन्ता


परासी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेताहरुको विवादप्रति नेकपा पश्चिम नवलपरासीले चिन्ता व्यक्त गरेको छ ।
विहीबार विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा पार्टीको केन्द्रको छलफललाई लिएर कार्यकर्ताहरुमा मत विभाजन हुन नहुने र सामाजिक सञ्जालमा नकरात्मक सन्देश प्रवाह नगर्न अनुरोध गरिएको छ ।



विज्ञप्तिमा पार्टी भित्र आन्तरिक एकता नरहेको भन्ने सन्देशले पार्टी कार्यकर्ता तथा आमजनसमुदायमा नकरात्मक सन्देश प्रवाह भईरहेको उल्लेख गर्दै यस विषयमा घनिभुत छलफल गर्दै पार्टी नेतृत्वले उचित निर्णय गर्दै देश र जनताको लागि महत्वपूर्ण निर्णय लिने विश्वास व्यक्त गरिएको छ ।



सम्बन्धित
Loading...