नेविसघं पश्चिम नवलपरासीकाे अायाेजनामा रक्तदान सम्पन्न


शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६औ जन्मजयन्ती को अवसरमा ब्रृहत रक्तदान कार्यक्रम नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीकाे अायाेजनामा तथा पावर नेपालकाे सहकार्यमा विपि स्मृति भवन परासीमा एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।



नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधिराम पाैडेलकाे अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपरासी पश्चिमका कार्यवाहक सभापति श्री अर्जुन कुमार पोख्रेल ज्यू को प्रमुख अातित्यथामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव विक्रम यादव , प्रवक्ता कुलदिप प्रसाद अाचार्य लगाएत नेता , भातृ संगठनका नेता लगाएत नेविसंघ नवलपरासीका विद्यार्थी नेताहरुकाे वृहत् सहभागीता रहेकाे थियाे ।

रक्तदान कार्यक्रमकाे अवसरमा शिखर पुरुष गिरिजाप्रसाद काेईरालाकाे जिवनी तथा नेपालकाे राजनितीमा उहाकाे भुमिका विषयमा चर्चा भएको थियाे । कार्यक्रमकाे प्रमुख अतिथि रहनुभएका पाेखरेलले काेराेना महामारिका कारण रगत अभाव भएकाे तथा देशनै अस्तब्यस्त रहेकाे अवस्थामा नेबिसंघले रक्तदान गरेर पुन्य कार्य गरेकाे बताउनु भयाे साथै उपस्थित सम्पुर्णलाई रक्तदान गर्न अावह्वान गर्नु भएकाे थियाे । पछिल्लो समय राजनीतिका मुद्दा र खिचातानीमा अल्झाउनु भन्दा विश्वले नै भाेगीरहेकाे शताब्दीकै चुनाैती काेराेना भाईरसकाे समाधानमा सरकार लाग्नुपर्ने र त्यसका निम्ती हरेक तह र तप्काबाट नागरीकले साथ दिनु अनिवार्य हुने भएकाले रगतकाे अभाव नहाेस भनी याे कार्यक्रमकाे याेजना ल्याएकाे नेविसंघ नवलपरासी सभापति दधिराम पाैडेलले बताउनुभयाे ।




पाैडेलले फरक प्रसङ्गमा बाेल्दै शान्तिका महानायक स्वर्गीय गिरिजा प्रसाद काेईरालाकाे जन्मजयन्तिकाे अवसरमा रक्तदान गर्नुहुने तथा काेराेना महामारिका वावजुतपनि कार्यक्रमलाई सफल बनाउन सहयाेग गर्ने सम्पुर्णमा कृतज्ञता समेत प्रकट गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन नेविसंघ जिल्ला सचिव चेतनारायण भण्डारीले गर्नुभएको थियाे । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।



सम्बन्धित
Loading...