बझाङमा भिषण पहिरो, १७ घर बगायो, ७ जना बेपत्ता
बझाङ – बझाङ जिल्लामा गएराति भिषण पहिरो गएको छ । पहिरोले बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को एउटा बस्ती बगाएको छ ।
अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिए ।

विकका अनुसार पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको जानकारी दिए ।
बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन तथापि प्रहरीलाई घटना स्थलमा परिचालन गरेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।