आज र भोलि नवलपुरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै
नवलपरासी । पूर्वी नवलपरासीका ३० हजार बढी बालबालिकालाई आज र भोलि (सोमबार र मंगलबार) भिटामिन ए र जुका औषधि खुवाइदै छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अनुसार ६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए ।

नवलपुरमा यसका लागि ३ सय ५९ जना महिला स्वास्थ्य स्वयम्सेवक परिचालन गरिएको उनले बताए ।
जस अनुसार ३० हजार ८ सय १७ जना बालबालिकालाई भिटामिन ए र २६ हजार ८ सय ७० जनालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको उनले बताए ।