प्रतापपुरमा अपाङ्गता भएकालाई किटनाशक झुल वितरण
- नन्दु यादव –

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई किटनाशक झुल वितरण गरिएको छ ।
जनजागृति अपाङ्गता संस्थाका अध्यक्ष बच्चा राजभरको अध्यक्षता र वडा अध्यक्षहरुको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रतापपुर गाउपालिकाको सहयोग र जनजागृति अपाङ्ग सस्थाको आयोजनामा किटनाशक झुल गरिएको हो ।
गाउँपालिका भित्र रहेका प्रतेक वडामा रहेका ४ सय १० जना अपाङ्गहरुलाई झुल वितरण गरिएको संस्थाका अध्यक्ष बच्चा राजभरले जानकारी दिए ।
झुल वितरणले स्थानीय क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई थप उर्जा थपेको अपाङका अगुवा ताहिद धुनियाले बताए ।