परासीका उद्योग ब्यवसायीले आजबाट सडक संघर्ष थाल्ने


नवलपरासी । सरकारले आफूहरुको मागको कुनै सुनुवाइ नगरेको भन्दै नवलपरासीका उद्योग ब्यवसायीहरुले आज (विहीबार)बाट सडक संघर्ष गर्ने भएका छन् ।



उद्योग, कलकारखाना, ब्यापार, ब्यवसाय लामो समयदेखिको लकडाउनका कारण बन्द रहेको अवस्थामा सरकारले कुनै पनि राहतको कार्यक्रम नल्याएको भन्दै उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले सडक संघर्ष शुरु गर्न लागको हो ।

बन्द रहेको अवस्थामा समेत सरकारले बैंकको ब्याज तथा कर तिर्न समय सीमा तोकेर ताकेता गरेपछि संघले सरकारको ध्यानाकर्षण गर्न भन्दै दबाबमुलक संघर्षको कार्यक्रम गर्न लागिएको उद्योग वाणिज्य संघ नवलपरासीका महासचीव गिरीराज पाण्डेले बताउनुभयो ।




संघले विहीबार परासी बजारमा बिरोध र्यालीसहित मौद्रिक नीतिको दबाबमुलक ध्यानाकर्षण कार्यक्रम गर्ने भन्दै उद्योगी, ब्यवसायीहरुलाई र्यालीमा सहभागी हुन आह्वान गरेको छ ।

उद्योग वाणिज्य संघको सचीवालय परासीमा उपस्थित भइ सामाजिक दुरी कायम गर्दै ब्यानर, प्लेकार्डसहित विरोध र्यालीले बजार परिक्रमा गरी जिल्ला प्रकाशन कार्यालयमा पुग्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

विरोध प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने महासचीव पाण्डेले बताउनुभयो ।



सम्बन्धित
Loading...