नारायणी नदीमा बर्षकै ठूलो बाढी, बाढी गाउँ पस्न थाल्यो – with vedio


नवलपरासी । नारायणी नदीमा यो बर्षकै ठूलो बाढी आएको छ । विहीबाररातीदेखि परेको अविरल वर्षापछि नारायणी नदीमा यो वर्षकै ठूलो बाढी आएको हो । नदीले खतराको तहसमेत नाघेको छ । शुक्रवार दिउसो गरिएको मापनमा नदीमा पानीको सतह १ लाख ७३ हजार क्यूसेक लिटर पानीको बहाव थियो ।



https://www.youtube.com/watch?v=qMU701KA8KQ

देबघाट जलमापन केन्द्रका अनुसार नदीमा ७ दशमलब ८ मिटर पानी सतह पुगेको छ । सात दशमलब ३ मिटरमा खतराको घण्टी बज्छ । नदीमा पानीको सतह खतराको तह भन्दामाथि देखाएकाले देबघाटमा लगातार साइरन बजेको छ ।




नारायणी नदीको बहाव उच्च भएसँगै पुर्वी नवलपरासीको गैडाकोटदेखि त्रिवेणीसम्मका ४ दर्जन गाउँ डुवानको जोखिममा परेका छन ।
अहिले शुक्रबार राति नारायणी नदीका पानी नवलपुरका विभिन्न क्षेत्रमा गाउँ पस्न थालेको छ । रात भरी पानी परे बाढी गाउँ पस्ने देखिन्छ । गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका लगायतका नारायणी आसपासको क्षेत्रका गाउँहरुमा डुबानको खतरा बढेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले नदीमा जोखिम बढदै गएकाले भारतीय पक्षलाई त्रिवेणीस्थित गण्डकका ढोका खोल्न आग्रह गरेको नवलपुर एफएमलाई जानकारी दिए ।
उनले ढोका नखोल्दा नवलपरासीमा नारायणी नदी किनारका अधिकांस गाउँ बस्ती जोखिममा पर्ने भएकाले डुबानको जोखिम न्यूनिकरण गर्न गण्डकका ढोका खोल्न आग्रह गरेको बताए ।

पानीको सतह बढदैजाने अनुपातमा ढोका खोल्न आग्रह गरिएको र त्यसको निरन्तर अनुगमन भैरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । अहिलेसम्म नवलपरासी पूर्वका कुनै पनि ठाउँमा डुबान भएको सूचना नपाएको र डुबानमा पर्न सक्ने भन्दै सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
शुक्रवार दिउसोदेखि त्यहाका २८ वटा ढोका खोलिएको छ । त्यहा कूल ३६ वटा ढोका रहेको छ । पुर्वी नवलपरासीको गण्डकमा बांध बांधेर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगिएका कारण गण्डकको ढोका खोलेर नारायणी नदीमा बढेको पानीको सतहको निकास दिने जिम्मा भारतको हो ।

गण्डकमा नारायणी नदीको ढोका खोलिएपछि पानीले डुबाउने सतहमा जोखिम घट्दै जान्छ । गैडाकोटदेखि त्रिवेणीधाम सम्मको करिब ६५ किलोमिटर क्षेत्रका अधिकांश बस्ती डुबानको खतरामा रहेका कारण त्यहाँ ठाउठाउमा स्थानीय र सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।
त्यसैगरी नारायणी नदीमा पानीको खतरा बढेसँगै पश्चिम नवलपरासीका नारायणी नदी आसपासका गाउँहरु पनि डुबानको खतरा बढेको छ ।
पश्चिम नवलपरासीमा पनि प्रशासनले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ भने सुरक्षित स्थानमा स्थानान्तरण हुन अपिल समेत गरेको छ ।



सम्बन्धित
Loading...