रातीमा दही खादाँको स्वास्थ्य असरहरु


सामान्यताः मानिसहरु गर्मीको समयमा धेरै दही खाने गर्छन् । दही खान मन पराउने मानिसहरु रातमा पनि दही खाने गर्छन् । तर, कमैलाई मात्र थाहा छ, रातको समयमा दही खानु स्वास्थ्यलाई हानिकारक हुनसक्छ । दहीले शरीरमा विपरित गतिविधिहरु गराउँछ । जसले शरीरमा गलत प्रभाव पार्दछ ।



रातमा दही खानुका नोक्सानहरुः 

बान्ता
रातिमा दही खाँनु पाचन प्रक्रियाविरुद्ध हुनसक्छ । जसले गर्दा रातिमा बान्ता पनि हुनसक्छ ।

शरिरमा म्युकस बन्न सक्छ 
रातिको समयमा दही खाँदा शरीरमा म्युकसको माधामा वृद्धि हुन्छ । जसले गर्दा खोकी र चिसो लाग्दा ज्वरो समेत आउँन सक्छ ।

डन्डिफोर
यदि दही दुई हप्ताभरी नियमित रुपमा खाँदा अनुहारमा डन्डिफोर आउँन  सक्छ । त्यसैले रातमा दही खाँदा विचार गर्नुपर्छ ।

तौल बढ्न सक्छ 
रातमा दही खाँदा तौल बढ्न सक्छ । साथै, दही खाँदा कब्जियत पनि हुनसक्छ ।

जोर्नी दुख्ने समस्या
जो व्यक्तिमा जोर्नी दुख्ने समस्या हुनसक्छ । त्यसैले रातिमा दही खानुहुँदैन । रातिमा दही धेरै खाँदा जोर्नीको समस्या हुनसक्छ ।






सम्बन्धित
Loading...